
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गोरखाबाट आरुघाटतर्फ गईरहेको ग.२.ख.९२५ नंबरको बसको ठक्करबाट गोरखा नगरपालिका वडा नं ४ फिनामकी ४ वर्षीय सुविना सुखेर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो सवा १ बजे बसबाट ओर्लीने क्रममा सोही बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा परेर बालिकाकी आमा २० वर्षकी बिनाता सुर्खेती भने गम्भीर घाइते भएकी छिन् ।
आमा बिनिता सुखेर्तीको प्रदेश अस्पताल गोरखामा उपचार भईरहेको गोरखा नगरपालिका वडा नं ४ को कार्यबहाक अध्यक्ष रोकाले बताइन् । ‘बालिकाको टाउकोको भाग सडकभरी छेदबिच्छेद अवस्थामा छ । आमाको पनि दुवै खुट्टा बसले चेपेको छ’, उनले भनिन् ।




