| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर गोरखामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर बेहोस बनेका सहिद लखन गाउँपालिका–१ बक्राङका ४२ वर्षीय राजु खनालको मृत्यु भएको हो। आइतबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर बेहोस भएका खनाललाई उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याएको थियो ।

अस्पताल ल्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले बताए। शव पोष्टमार्टमका लागि शवगृहमा राखिएको छ ।

आइतबार साँझ परेको चट्याङ लागेर पालुङटार नगरपालिका–७ मा थप दुई जना घाइते भएका थिए । उनीहरुको नारायणी सामुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्