| मङ्लबार, जेष्ठ ७, २०८२

चट्याङ लागेर गोरखामा तीन घाइते

आइतवार साँझ परेको चट्याङ लागेर गोरखामा तीन जना घाइते भएका छन् । शहिद लखन गाउँपालिका–१ बक्राङका ४२ बर्षीय राजु खनाल, पालुङटार नगरपालिका–७ का ५० बर्षीया सुकमाया आले र उनकी बुहारी १८ बर्षीया विपना आले घाइते भएको प्रहरीले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर उनीहरु घाइते भएका हुन् । चट्याङका कारण वेहोस भएका खनाललाई गोरखा अस्पतालमा उपचारका लागि ल्याइएको छ भने सुकमाया र उनकी बुहारी विपनालाई उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल पठाइएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्