| मङ्लबार, जेष्ठ ७, २०८२

गोरखाको पन्ध्र किलोमा एक पुरुषको शव फेला

जिल्लाको गोरखा नगरपालिका वडा नं ११ स्थित पन्ध्र किलोमा एक पुरुषको शव फेला परेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ सौरपानीका २९ वर्षिय प्रेम गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गुरुङको शव आइतबार बिहान पन्ध्र किलो स्थित चारकुने जङगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बासुदेव पाठकले बताए । गुरुङ विगत ३–४ दिनदेखि घरबाट निस्किएर हिँडेकामा आइतबार बिहान मृत अवस्थामा फेला परेको एसपी पाठकले जानकारी दिए ।

‘उहाँको साथबाट मतदाता परिचय पत्र फेला परेकाले सजिलै परिचय खुल्न आयो’, पाठकले भने, ‘परिचय खुल्ने बित्तिकै उहाँको परिवार सदस्यहरु पनि सम्पर्कमा आईसक्नु भएको छ ।’ गुरुङको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्