
मोटरसाइकल दुर्घटनामा परी एकको ज्यान गयो
नयाँबर्ष २०८२ को पहिलो दिन बिहानै गोरखामा एक युवाको मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको छ ।
सोमबार बिहान बा ८८ प ९७६२ नंबरको मोटरसाइकल गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँरास्थित सडकमा पल्टेर दुर्घटना हुँदा भीमसेनथापा गाउँपालिका ६ अश्राङका २४ बर्षका केशव पाण्डेको मृत्यू भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलको पछाडि सिटमा बस्ने अश्राङकै १८ बर्षका रविन पाण्डेको गोरखा अस्पतालमा सामान्य उपचार गरी काठमाडौँ वीर अस्पतालमा थप उपचार भइरहेको प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट गोरखातर्फ आइरहेको सो मोटरसाइकल सोमबार बिहान साँढे एकबजेतिर दुर्घटना भएको र उपचारकै क्रममा बिहान साँढे तीनबजेतिर पाण्डेको गोरखा अस्पतालमा मृत्यू भएको थियो ।




