
हराएका बालक नौ दिनपछि त्रिशुलीमा मृत भेटिए
नौ दिनदेखि सम्पर्कबिहिन भएका गोरखाका एक बालक नौ दिनपछि मृत अबस्थामा भेटिएका छन् । गत चैत २३ देखि बेखबर बनेका गण्डकी गाउँपालिका ८ का ११ बर्षका निकेश नेपाली शनिबार बूढीगण्डकी नदी किनारमा मृत अबस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार नेपाली गत चैत २३ गते दिउँसो करिव चार बजे बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका थिए । घटनापछि निरन्तर खोजतलास गर्ने क्रममा शनिबार गण्डकी गाउँपालिका–७ भंगालस्थित त्रिशुली नदी किनारमा फेला परेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
‘बालकको शव सडेगलेको अवस्थामा फेला प¥यो’, सुवेदीले भने । नेपालीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।




