| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ बर्षपछि पक्राउ

सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ बर्षीय उनलाई वुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

९ बर्ष अघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहँदै आएका उनी वुधवार पक्राउ परेका हुन् । बिहीवार उनलाई जिल्ला अदालत पठाइएको र अदालतबाट कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

फरार प्रतिवादीहरु पक्राउ गर्न प्रहरी कार्यायले बिशेष टोली गठन गरेर परिचालन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्