
सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्यु
सवारी दुर्घटनामा परी गोरखाका एक जनाको मृत्य भएको छ । सोही दुर्घटनामा थप दुई जना घाइते भएका छन् ।
शनिबार राति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिङबाट काठमाडौं जाँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।
दुर्घटनामा गोरखा भीमसेन थापा गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गाडी चालक भीमसेन थापा –४ कै ४१ वर्षीय जमालुदिन मियाँ र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।




