| मङ्लबार, कार्तिक २४, २०८३

मनासलु पदयात्रामा आएका ट्रेकिङ्ग गाईडको मृत्यु

मनासलु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाईडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढली मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए । ‘उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाईका रुपमा आएका रहेछन्’, डिएसपी सुवेदीले भने । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्