| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा एक महिला पक्राउ

गोरखामा आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा एक महिला पक्राउ परेकी छिन् । आरुघाट गाउँपालिका–८ आरुपोखरीका २४ वर्षिय शिव रम्तेललाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसूरमा महिला पक्राउ परेकी हुन् ।

प्रहरीका अनुसार शिव रम्तेल वैदेशिक रोजगारीको शिलशिलामा कुबेत गएका र कुबेतमा नै रहेको अवस्थामा गत पुस २३ गते आफु सुत्ने कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

उक्त घटनामा मृतककी आमा फुलमाया रम्तेलले यही फागुन ५ गते एक महिला बिरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै प्रतिवादीविरुद्ध जाहेरी दिएकोमा आरोपित महिलालाई बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

महिलालाई हिरासतमा राखी अनुसन्धानगर्न गोरखा जिल्ला अदालतबाटअनुमती लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्