| सोमवार, कार्तिक २३, २०८३

बारपाकको घटना अनुसन्धान गरेका डिएसपी सुवेदी प्रदेशकै ‘बेस्ट पुलिस’

बारपाकको हत्यासम्बन्धी घटना अनुसन्धान गरेका डिएसपी इन्द्रप्रसाद सुवेदी गण्डकी प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत डिएसपी सुवेदीलाई मंसीर महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

गत मंसिर १५ गतेदेखि बेपत्ता भएकी बारपाककी सुचिना घले १८ गते गाडिएको अवस्थामा मृत फेला परेपछि सुवेदी सो घटनाको अनुसन्धानमा फिल्डमै खटिएका थिए । एक हप्ता लामो अनुसन्धानपछि डिएसपी सुवेदीले घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सफल भएका थिए । उनको नेतृत्वमा सम्पादित सो कार्यको उचित मूल्यांकन गरी प्रदेश प्रहरी कार्यालयले उनलाई बेस्ट पुलिस अफ मन्थ घोषणा गरेको हो ।

गण्डकी प्रदेश अन्तर्गतका युनिटहरुमा कार्यरत प्रहरीहरुमध्ये महिनाभरि उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीको उचित मुल्याङ्कन गरी हौसला प्रदान गर्ने उद्देश्यले प्रत्येक महिना गण्डकी प्रदेश प्रहरी कार्यालयले ‘वेस्ट पुलिस अफ मन्थ’ घोषणा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्