| आइतवार, कार्तिक २२, २०८३

रन्दाले हानेर पत्नीहत्या

बारपाक सुलीकोट गाउँपालिका ४ रन्चोकमा एक युवाले रन्दा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
गतबुधबार तीजको दिनमा ३७ बर्षका टेकबहादुर बिकले ३३ बर्षकीश्रीमतीकुमारी बिकलाई पछाडिबाट रन्दाले टाउकोमा हानेर हत्या गरेको वडाअध्यक्ष भीम बहादुर गुरुङले जानकारी दिए ।
‘कुमारी बुंगुरलाई दाना तयार गरिरहेकीथिइन् । त्यही बेलामा थाहा नदिईकन पछाडिबाट आएर उसले रन्दाले टाउकोमा र घाँटीमा हानेछ’ वडाअध्यक्ष गुरुङले भने, ‘गाउँलेले थाहा पाएर हत्तपत्त मेडिकलतिर लाँदा झोलुंगेको बनमा पु¥याउँदा त मरिसकेकी थिइन् ।’
घरझगडा भएपछि टेकबहादुर एक हप्तादेखि घरमा थिएनन् । तीजको दिनमा घरमा गएपछि एक्कासी आक्रमण गरेका वडा अध्यक्ष गुरुङले बताए ।
मृतकको बिहिबार जौबारी प्राथमिक स्वास्थ्यकेन्द्रमा पोष्ट मार्टम गरी साँझ दाहसंस्कार गरिएको उनले बताए ।
श्रीमतीको हत्या गरेको आरोपमा जौबारी इलाकाप्रहरी कार्यालयका प्रहरीले बिकलाई पक्राउ गरी जिल्लाप्रहरी कार्यालयमा पठाएको छ । बिक बिरुद्ध शुक्रबार दिउसो कर्तव्य ज्यान मुद्धा दर्ता गरी कारबाहीप्रक्रिया अघि बढाइएको प्रहरी नायवउपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
बिकका चार सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्