| सोमवार, कार्तिक २३, २०८३

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु

सडक दुर्घटनामा परी गोरखाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका वडा नम्वर ६ की ४५ वर्षीय सीता प्रजा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रजाको सोमबार चितवनको फिस्लिङमा ग्याँस बुलेटको ठक्करबाट मृत्यु भएको कार्यालयका डिएसपी निरला भण्डारीले बताइन् । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्याँस बुलेटको ठक्करबाट प्रजाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिइन् ।

दुर्घटनापछि स्थानीयले आधाघण्टा बाटो अवरुद्ध पारेका थिए । केही समयपछि प्रहरीले अवरुद्ध बाटो खुलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्