
महिलालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
३५ बर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । आरुघाट गाउँपालिका–१ का २३ बर्षीय बिनोद बिकलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
डर त्रास र धाक धम्की देखाई गत जेठ १३ गतेदेखि पटक पटक बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि बिकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । बिक बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




