
गोरखामा फेरि पनि दिनदाहाडै सिक्री लुटपाट
मोटरसाइकलमा कुदिरहेका बेला बटुवाको घाँटीको सिक्री लुटेको केही महिनाभित्रै गोरखामा फेरि त्यस्तै प्रकृतिको घटना घटेको छ । आइतबार साँझ ५ बजेतिर गोरखा सदरमुकामको छहरे स्थित बालमन्दिर विद्यालय क्षेत्रबाट दाउरी माया रानाले लगाएको डेढ तोलाको सुनको सिक्री लुटपाट भएको हो ।
कालो स्कुटरमा आएका दुईजना अपरिचित व्यक्तिले विद्यालय वरपर बाख्रा चराइरहेकी रानाको गलाबाट सिक्री लुटी फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लुटेराको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि सदरमुकाम स्थित रोहटेपानी क्षेत्रबाट एक महिलाको सुनको सिक्री लुटपाट भएको थियो । दिनदहाडै स्कुटमा सवार युवाले सिक्री लुटेर लगेको प्रहरीको भनाई छ । उक्त घटनाबारेपनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




