
सोमबार आँबुखैरेनी मुग्लिन सडकखण्ड साढेँ तीन घण्टा बन्द हुने
सोमवार पृथ्वी राजगार्ग अन्तरगतको आँबुखैरेनी मुग्लिन सडकखण्ड साढेँ तीन घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहूँले आइतवार सार्वजनिक सूचना जारी गर्दै बिहान साढेँ ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिने बताएको छ ।
शुक्रवार ऐना पहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागी सवारी आवागमन बन्द गर्न लागिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले बताए ।
दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रुपमा बन्द गर्न लागिएको उनले जानकारी दिए । बस दुर्घटनामा परि २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
यता सडक डिभिजन कार्यालय दमौलीले पनि आइतवार एक सूचना जारी गर्दै आँबुखैरेनी मुग्लिन सडकखण्ड बिहान साढे ६ बजेदेखि १० बजेसम्मका लागी बन्द हुने जानकारी गराएको छ ।
सो सडकखण्डमा पहिरो नियन्त्रणको कार्य भईरहेकाले साढेँ तीन घण्टा सडक बन्द रहने कार्यालयले जनाएको छ ।




