
आँवुखैरेनीको ऐना पहरा नजिकै मस्र्याङ्दी नदीमा भारतीय यात्रुबस खस्यो
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।
पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए । दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ ।




