| सोमवार, कार्तिक २३, २०८३

गोरखामा करेन्ट लागेर एकको मृत्यु, एक घाइते

गोरखामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार साढे १२ बजे तिर करेन्ट लागेर गोरखा नगरपालिका–९ लक्ष्मीबजारका २४ बर्षीय सुनिल मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको भरतपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक रमेश कुमार श्रेष्ठले बताउनुभयो ।
गोरखा नगरपालिका–६ पाटेचौरस्थित निर्माणाधिन घरमा काम गर्ने क्रममा फलामको रडले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा त्याहाँ काम गर्ने २ जनालाई करेन्ट लागेको थियो । उनीहरु मध्य भारत घर भई हाल गोरखा सदरमुकामको पेट्रोल पम्प नजिकै बस्दै आएका २८ बर्षीय अर्मन खान घाइते हुनु भएको छ ।
खानको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्