| सोमवार, कार्तिक २३, २०८३

बालयौन दुरुपयोगको आरोपमा बालक पक्राउ

१६ बर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक १४ बर्षीय बालक पक्राउ परेका छन् । शहिद लखन गाउँपालिका–९ नाम्जुङका ती बालकलाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यही भदौ १ गते बिहान करिव चार बजेको समयमा सुतिरहेको अवस्थामा उक्त बालक ती बालिकामाथि चढी यौनजन्य अस्वभाविक कार्य गरेको पीडित पक्षले दिएको जाहेरीमा उल्लेख भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।
सोही जाहेरीको आधारमा ती बालकलाई पक्राउ गरी बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता भएको र बाल निग्रानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्