
गोरखामा खुकुरी प्रहारबाट ३ जना घाइते
गोरखा नगरपालिका–७ धारापानीमा खुकुरी प्रहार हुँदा ३ जना घाइते भएका छन् । आइतबार बेलुका साढे ७ बजे लाखे नाच भईरहेको अवस्थामा एक किशोरले खुकुरी प्रहार गर्दा उनीहरु घइते भएका हुन् ।
खुकुरी प्रहारबाट धारापानीका २० वर्षीय रुबिन बराम, गोनपा–६ बस्ने ४९ वर्षीय प्रितमान गुरुङ र सोही ठाउँका २० वर्षीय आकाश घिमिरे घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको गोरखा अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




