
आफ्नै श्रीमतीको हत्या गरेका कुमार सार्की कारागार चलान
आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका बारपार सुलिकोट गाउँपालिका–७ बालुवाका कुमार सार्कीलाई गोरखा जिल्ला अदालतको बुधबार बसेको इजलासले पुर्पक्षयका लागी थुनामा राख्न आदेश दिएको छ ।
गत असार २६ गते उनको श्रीमती २६ वर्षीय सुनिता नेपाली आफ्नै घर भित्र बलोमा पाँसो लगाई झुण्डिएको र कुमारले झुण्डिएको अवस्थामा देखेपछि पाँसो काटी हेर्दा उनको मृत्यु भईसकेको बताएका थिए ।
शव पोष्टमार्टम गरि घटनाको सुक्ष्म अनुसन्धान गर्दा कुमारले कुटपिट गरि उनका श्रीमती सुनिताको हत्या गरेको र घटना लुकाउन सलको पाँसो लगाएर झुण्ड्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध प्रहरीले गत असार ३० गते कर्तव्य ज्यान शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान गरिरहेको थियो ।




