
दिनदहाडै सुनको सिक्री लुटपाट
गोरखा सदरमुकाममा दिनदहाडै सुनको सिक्री लुटपाट भएको छ । गोरखा नगरपालिका–५ रोहटेपानीकी ७५ वर्षीय रत्न कुमारी मग्रातीले लगाएको सुनको सिक्री बुधबार लुटपाट भएको हो ।
रोहटेपानी स्थित बेम्बो कटेज क्षेत्रमा बाटोमा हिँडिरहेकी मग्रातीको गलाबाट कालो स्कुटरमा सवार कालो टिसर्ट लगाएको नाम, थर, नम्बर नखुलेको मानिसले गुडिरहेको स्कुटरबाटै सिक्री लुटी फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
लुटेराको खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।




