| सोमवार, कार्तिक २३, २०८३

वडाध्यक्षको घरमा आगलागी हुदाँ घरसहित सुनचाँदीका गरगहना र डेढ लाख नगद जलेर नष्ट

चुमनुव्री गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष कालेन छेवाङ लामाको घरमा आगलागी भएको छ । गत असार ३१ गते दिउँसो करिव चार बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

आगलागीबाट ढुंगा मोटोले बनेको जस्ताले छाएको कच्ची घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । घरभित्र रहेको किराना पसलको सामान, ६ तोला सुन, करिव १ सय १० तोला चाँदी, चार वटा हास, काठपात, भाडावर्तन र नगद एक लाख पचास हजार पनि पूर्ण रुपमा जलेर नष्ट भएको उनले जानकारी दिए ।

घर नजिकै रहेको बिजुलीको खम्वामा चट्याङ परेर बिजुली सर्ट हुदाँ आगलागी भएको उनले बताए । ‘घटना भएको भोलिपल्ट मात्र हामीलाई जानकारी आयो, जानकारी आएसँगै हामीले लार्के प्रहरी चौकीबाट टोलि खटायौ,’ उनले भने । चौकीबाट उक्त स्थान पुग्न करिव पाँच घण्टाको पैदल हिड्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्