| सोमवार, कार्तिक २३, २०८३

गोठमा आगलागी हुदाँ ६ वटा बाख्रा मरे

शहीदलखन गाउँपालिका–५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका मरेका छन् । बिहीवार बिहान करिव आठ बजे कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको थियो ।

आगलागीबाट गोठ पूर्ण रुपमा जलेर नष्ट भएको र दुई वटा बोका र चार वटा माउ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ‘गोठमा १४ वटा बाख्रा रहेछन्, त्यसमध्ये ६ वटा म¥यो, अरुलाई बचाउन भ्याएछन्,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्