
बाढी र पहिरोले गोरखाका अधिकांश ग्रामीण सडक अवरुद्ध, हटाउने कार्य जारी, घरहरुमा सामान्य क्षति
बिहिबार रातीदेखि शुक्रबार बिहानसम्म परेको अबिरल बर्षाका कारण गोरखाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । विभिन्न ठाउँमा खसेको पहिरोले अबरुद्ध बनेको गोरखा आँबुखैरेनी सडकखण्ड बिहान प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको पहलमा खुलाइएको छ ।
सहिदलखन गाउँपालिका ७ सुखौरा बस्ने अर्जुन थापाको घरभित्र लुदीखोलाको बाढी पसेर भाँडावर्तन तथा १५ वटा कुखुरा बगाएर लगेको प्रहरीले जनाएको छ । सहिद लखन २ बाँझोगरामा पहिरोसंगै ढलेको रुखले लागेर एक गोठमा क्षति पु¥याएको छ । त्यस्तै शहिद लखन गाउँपालिका ५ तिनमाने माझगाऊँमा गएको पहिरोले वकिल बहादुर परियारको घरमा पुर्याएको छ ।

पालुङ्टार नगरपालिका १ खोप्लाङका वडाअध्यक्ष समेत रहेका कृष्णबहादुर परियारको घरमाथिबाट आएको पहिरोले क्षति पु¥याएको वडाअध्यक्ष परियारले जानकारी दिएका छन् ।
गण्डकी गाउँपालिका वडा नं. २ को साँदीखोलाकी मिनीमाया थापाको घर माथिबाट झरेको पहिरोले क्षति गरेको छ । घरको झ्यालसम्म पहिरोले पुरी घरभित्र लेदो पसेको वडाअध्यक्षले जानकारी दिएका छन् ।

गोरखा नगरपालिका वडा नं. ५ मानेपानीको तीन घरमा पहिरोले क्षति पु¥याएको प्रहरीले जनाएको छ । स्थानीय रमेश सिर्मल, सर्मिला अछामी र दयाराम सार्कीको घरमा पहिरोले क्षति पु¥याएको छ । माथिबाट पहिरो आई घरमा क्षति पु¥याएपछि सर्मिला अछामीको छ जनाको परिबारलाई स्थानान्तरण गर्नुपर्ने अबस्था भएको छ । रमेश सिर्मलको चार जनाको परिबारलाई पनि अन्यत्र स्थानान्तरण गर्नुपर्ने अबस्था आएको प्रहरीको भनाइ छ । त्यस्तै दयाराम सार्कीको घरभन्दा तल पहिरो गई जोखिम बनाएको प्रहरीले जनाएको छ ।

त्यस्तै गोरखा नगरपालिका ९ ठिँगुरेस्वाँराको रामकुमार योगीको गोठ पहिरोले क्षति पु¥याएको छ । सोही ठाउँका राजु गुरुङको घर पनि पहिरोले जोखिम बनाएकाले स्थानान्तरण गर्नुपर्ने अबस्थामा रहेको प्रहरीको भनाइ छ ।
पालुङ्टार नगरपालिका ९ को खारखोला र चुक्तीखोलाको बाढी रोपाइँ गरिसकिएको फाँटमा पसेर बगाएको छ । रोपाइ गरिसकिएको खेतमा बाढी पसेर ठूलो क्षति पु¥याएको वडाअध्यक्ष भेजराज पाण्डेले जानकारी दिए ।





