| सोमवार, कार्तिक २३, २०८३

जबरजस्ती करणी आरोपमा पक्राउ परेका मुकेश हजरा कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पर्साका मुकेश पासवान भन्ने मुकेश हजरालाई कारागार चलान गरिएको छ ।

२० वर्षीय हजरालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

१५ वर्षीय नाबालिकालाई गत जेठ २२ गते बलजफ्ती जबरजस्ती करणी गरेको आरोपमा हजरा पक्राउ परेका हुन् ।

उनलाई जेठ २३ गते पक्राउ गरी पीडितको आफन्त मार्फत जाहेरी दरखास्तसहित जेठ २४ गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो ।

उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्