| सोमवार, कार्तिक २३, २०८३

जवरजस्ती करणी आरोपमा पक्राउ परेका सोडारी कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका भिमसेनथापा गाउँपालिका २ का भगिरथ भन्ने कृष्ण प्रसाद सोडारीलाई कारागार चलान गरिएको छ । ४५ वर्षीय सोडारीलाई अदालतको आदेश अनुसार सोमबार पुर्पक्षकालागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालउ गोरखाले जनाएको छ ।
१६ वर्षीय नाबालिकालाई गत जेठ १६ गते डरत्रास तथा धाकधम्की देखाई जबरजस्ती करणी गरेको आरोपमा सोडारी पक्राउ परेका हुन् । उनलाई सोही दिन पक्राउ गरी पीडितको आफन्त मार्फत जाहेरी दरखास्तसहित जेठ १७ गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो । उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्