| सोमवार, कार्तिक २३, २०८३

जुवा खेल्दै गरेका सात जना पक्राउ

तनहुँको दमौलीबाट ७ जनालाई जुवा खेल्दै गरेको अबस्थामा व्यास नगरपालिका वडा नं ३ बाट प्रहरीले पक्राउ गरेको छ ।
घरमा जुवा तास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले लक्ष्मण मल्लको घरबाट शनिबार जुवाडेहरु लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा घर धनि लक्ष्मण मल्ल, बलराम गुरुङ, डम्बर बहादुर बराली, तुलबहादुर अधिकारी, दिलबहादुर आले, बुद्धिराज मिश्र र संजय गहतराज रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । जुवाडेको खालबाट प्रहरीले ६८ हजार ७ सय ९३ र ११ सय ४४ थान तासहरु बरामद गरेको रायले बताए ।
निजहरू उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्