| सोमवार, कार्तिक २३, २०८३

फेक फेसबुक अकाउन्ट बनाई युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

सामाजिक सञ्जाल(फेसबुक)मा फेक अकाउन्ट बनाई महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय मनध्वज घले पक्राउ परेका हुन् ।
२३ वर्षीय महिला ‘आ कुमारी’ (नाम परिवर्तित)को फेसबुक अकाउण्ट खोली अश्लिल भिडियो र तस्विरहरु पोस्ट गरी बेइज्जती गरेको आरोपमा घले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका घलेमाथि आइतबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्