
ट्राफिक सप्ताहको चौथो दिन, प्रशिक्षणदेखी सवारी चेकजाँचसम्म
जिल्लामा जारी ट्राफिक सप्ताह अन्तरगतको चौथो दिन शुक्रबार विभिन्न सचेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन् । जसअन्तरगत शुक्रबार चालक परिचालक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखा र दश वटा स्थानीय तहहरुको अस्थायी टूाफिक प्रहरी पोष्टहरुले सिट क्षमता कार्यन्वयन भए नभएकोबारे अनुगमन समेत गरिएको थियो ।

‘जिल्लाभर १२८ वटा सवारी साधन अनुगमन ग¥यैँ’, जिल्ला ट्राफिक प्रमुख शिव प्रसाद पाठकले भने, ‘५ वटाले सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइयो ।’ उनीहरुलाई ट्राफिक नियमबारे सचेत गराइएको उनले बताए ।

विभिन्न प्रशिक्षण कार्यक्रम समेत संचालन गरिएको उनले जानकारी दिए । नेपाली सेनाका १२० सक्कल दर्जाका कर्मचारी र सशस्त्र प्रहरी गुल्म गोरखामा कार्यरत ७८ जना सशस्त्र प्रहरीबलका कर्मचारीहरुलाई समेत प्रशिक्षण गराइएको उनले बताए । यस्तै, कार्यलयले मनकामाना बहिरा माविका शिक्षक र बिद्यार्थि गरी ८७ जना र नवज्योती मावि घ्याम्पेसालमा अध्ययनरत १५३ जना बिद्यार्थीलाई प्रशिक्षण गराएको ट्राफिक कार्यलय गोरखाले जनाएको छ ।




