| सोमवार, कार्तिक २३, २०८३

पाँचबर्षकी बालिकालाई बलात्कार गरेको आरोप लागेका शाह पुर्पक्षका लागि थुनामा


ड्यू र फ्रुटीको प्रलोभनमा पाँच बर्षकी बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुषलाई गोरखा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्द आदेश दिएको छ ।


भारतको मोतिहारी जिल्ला बिहार गोविनगंज घर भई चितवनको खैरहनी नगरपालिका ६ पर्सा पुलटोलमा डेरा गरी बस्ने करण शाह तेलीलाई गोरखा जिल्ला अदालतले बिहिबारको थुनछेक आदेशमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।


गत वैशाख १ गते साँझ ६ बजे पाँच बर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वैशाख २ गते पक्राउ गरी तीन गते अदालतमा मुद्दा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्