| सोमवार, कार्तिक २३, २०८३

चट्याङ लागेर गोरखा नगरपालिकामा दुई वटा बाख्रा मरे

गोरखा सदरमुकाममा वुधवार दिउँसो परेको चट्याङले दुई वटा बाख्रा मरेका छन् ।

गोरखा नगरपालिका–८ रानीवनकी सुकमाया बिकले पालेको बाख्रा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘गोठमा पाँच वटा बाख्रा बाँधेर राखेको रहेछ,’ प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले भने, ‘गोठ नजिकै रहेको चिलाउनेको रुखमा चट्याङ परेर दुई वटा बाख्रा मरेछ ।’

वुधवार दिउँसो करिव साढे तीन बजे बिना बादल एक्कासी चट्याङ परेको थियो । अन्य क्षति विवरणबारे थप बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्