
पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक भारतिय नागरिक पक्राउ
पाँच बर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल चितवनको खैरहनी नगरपालिका बस्दै आएका ३२ बर्षीय करण साह तेली रहेको प्रहरीले जनाएको छ ।
गत शनिवार डिउ र फ्रुटी दिन्छु भनी ललाई फकाई कोठामा लगी नाबालिकालाई बलात्कार गरेको भनी जाहेरी परेपछि करणलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
आइतवार पक्राउ परेका करण बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।




