
मनकामना जादैँ गरेको स्कारपिओ दुर्घटना हुदाँ एक जनाको मृत्यु
गोरखा शहिदलखन गाउँपालिका वडा नं.३ घोर्लेस्वाँरा स्थित मझुवादेउराली मनकामना जादैँ गरेको स्कारपिओ गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कारपिओमा सवार नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नं.४ बस्ने ४५ वर्षिय शोभाखर गैरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि गम्भिर घाईते भएका गैरेलाई उपचारको लागि छिमकेश्वरी अस्पताल आँबुखैरैनी तनहुँ लगिएको थियो । उपचारको क्रममा ११ः४० बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले बताए ।
उनका अनुसार नवलरासी पूर्व बाट मझुवादेउराली हुँदै गोरखा मनकामना तर्फ जाँदै गरेको ग. १ च. ७६१९ नं.को स्कारपिओ गाडी उकालो जाने क्रममा पछाडि ब्याक हुँदा अनियन्त्रित भई सडकको नालीमा पल्टिन जाँदा दुर्घटना भएको हो ।
स्कारपिओ चालक नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नं.४का वर्षिय बेग बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको ।




