
नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
१३ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं १० बस्ने २२ वर्षीय मदन थापा मगर रहेको प्रहरीले जनाएको छ ।
मगरलाई सोही स्थान बस्ने १३ वर्षीय नाबालिका नाम परिवर्तित (ह कुमारी)लाई गत शनिबार राती एकान्त स्थानमा भेट्न बोलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने पीडितको आमा मार्फत दरखास्त जाहेरीको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय गोरखाका सूचना अधिकारी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
सोही आधारमा मगरलाई गत आईतबार पक्राउ गरीएको डिएसपी श्रेष्ठले बताए ।
मगर बिरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




