| सोमवार, कार्तिक २३, २०८३

जवरजस्ती करणी आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका चितवन घर भई हाल काठमाण्डौं बस्दै आएका प्रदीप लामा लोप्चनलाई कारागार चलान गरिएको छ । ३२ बर्षीय उनलाई जिल्ला अदालत गोरखाको आदेश अनुरुप वुधवार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१२ बर्षीया बालिकालाई गत माघ २१ गते काठमाण्डौबाट भगाई पालुङटार नगरपालिका ल्याएर उनले पटक पटक जवरजस्ती करणी गरेको आरोपमा लोप्चन पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी कठमाण्डौले उनलाई गत फागुन १२ गते पक्राउ गरेको हो ।

लामालाई जाहेरी दरखास्त लगायतका कागजातसहित फागुन १४ गते जिल्ला प्रहरी कार्यलय गोरखामा पठाइएको थियो । उनी बिरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्