| सोमवार, कार्तिक २३, २०८३

गोरखामा बालयौन दुरुपयोगको अभियोगमा एक युवा पक्राउ

बालयौन दुरुपयोग गरेको आरोपमा गोरखा बजारका एक युवा पक्राउ परेका छन् । गोरखा नगरपालिका ढाडगाउँ १९ बर्षका बिक्रम बिक पक्राउ परेका हुन् ।

गत शुक्रबार २ गते बिहान ११ बजेको समयमा गोरखा नगरपालिका ७ खिरेपानीको सार्वजनिक धारामा १५ वर्षीया बालिकालाई यौनजन्य अस्वभाविक व्यवहार गरी बालयौन दुरुपयोग गरेको आरोप बिकमाथि छ ।

आफ्नी छोरीमाथि बिक्रम बिकले बालयौन दुरुपयोग गरेको भनी पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरी दरखास्तको आधारमा उनलाई शुक्रबार पक्राउ गरिएका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।

आरोपीबिरुद्ध आइतबार बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमति लिएको उनले जानकारी दिए । घटनाबारे थप अनुशन्धान भईरहेको गोरखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्