| सोमवार, कार्तिक २३, २०८३

मोटरसाईकल चोरी आरोपमा थप एकजना पक्राउ

मोटरसाइकल चोरेको आरोपमा ११ जना पक्राउ परेको केही दिनभित्रै गोरखा प्रहरीले फेरि थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुपारे भन्ने २७ बर्षीय उज्वल बराम रहेका छन् । गोरखा नगरपालिका वडा नम्वर ६ पाटेचौरबाट पार्किङ गरिराखेको बा ९५ प ९२३ नंम्बरको रातो कालो रंगको २२० सिसिको पल्सर मोटरसाईकल चोरेको आरोपमा उनलाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।

उक्त मोटरसाइकल प्रहरीले बरामद समेत गरेको छ । आरुघाट गाउँपालिका–३ भलाकबाट उक्त बाइक बरामद गरिएको बताइएको छ । शुक्रवार पक्राउ परेका बरामलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । केही दिन अघि मात्रै गोरखा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा आरोपमा ११ जनालाई पक्राउ गरेको थियो ।

नीहरुको साथबाट चोरीका नौ वटा मोटरसाइलक समेत बरामद गरिएको थियो । मोटरसाइलक चोरीमा संलग्न रहेको आरोपमा शुक्रवार थप एक जनालाई पक्राउ गर्न सफल भएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्