
चोरी कसुरका फरार अभियुक्त पक्राउ
अदालतले चोरी गरेको ठहर गरेका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेको फैसला भएपछि फरार रहेका भीमसेनथापा ४ का होमनाथ पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक महिना कैद र ३५ हजार रुपैयाँ जरिवाना फैसला भएपछि फरार रहेका प्रतिवादी पाण्डेलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । कैद र जरिवाना तोकिएपछि फरार रहेका पाण्डेलाई सोमबार पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरी तोकिएको कैद असुल उपरको लागि मंगलबार जिल्ला अदालतको आदेश अनुसार कारागार कार्यालय गोरखामा पठाइएको प्रहरीले जनाएको छ ।




