
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । गोरखा नगरपालिका वडा नं ९ का ३८ वर्षीय भगवान बुढाथोकीलाई चेक बाउन्स आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ । बुढाथोकीलाई मंगलबार गोरखा नगरपालिका वडा नं ८ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले आफ्नो नामको एभरेष्ट बैंक लिमिटेड गोरखाको खाताबाट ९० हजारको चेक एकराज अंगाई नामका व्यक्तिलाई दिएको र उक्त चेक सटहीको लागि जाँदा खातामा पर्याप्त रकम नभएको भनी चेक अनादर भई फिर्ता भएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गोरखाका प्रहरी निरीक्षक रबिन्द्र अधिकारीले जानकारी दिए । उनलाई मंगलबार नै जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।




