| सोमवार, कार्तिक २३, २०८३

ठूलो परिमाणमा लागू औषधसहित एक युवा पक्राउ


इलाका प्रहरी कार्यालय आबुँखैरेनीले ठूलो परिमाणमा लागू औषध ओसारपोसार गरिरहेका एक युवालाई पक्राउ गरेको छ । मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख २९६ नंबरको बसमा चेकजाँच गर्ने क्रममा रुपन्देही जिल्ला समरीमाई गाउँपालिका वडा नं २ घर भएका ३६ वर्षीय सलिम धुनियालाई आठसय ९४ थान लागुऔषधसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले जनाएको छ ।


धुनियाको साथबाट प्रहरीले कालो झोलाभित्र लुकाएर ल्याएको फेनार्गन २९८ थान, बुप्रेनोर्फिन २९८ थान र डाइजेपाम २९८ थान गरी ८९४ थान लागु औषध बरामद गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए । धुनियालाई तनहूँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप्ने अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्