
इप्रका आँबुखैरेनीद्वारा लागु औषधसहित तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहूँले निषेधित औषधीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–८ का २३ वर्षीय आशिष पाण्डे, १९ वर्षीय आश्विन पाण्डे र तनहुँको आबुखैरेनी गाउँपालिका–१ बरादीका २३ बर्षीय सनिस गुरुङ रहेका छन् ।
मुग्लिनबाट आँबुखैरेनी आउँदै गरेको ग २० प ५४९९ नम्वरको मोटरसाइकलमा सवार आशिष र आश्विनको साथमा ३० पत्ता ट्रामाडोल र १९ पत्ता अनारगन भेटिएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी मोहनबहादुर खाँणले बताए । ‘मोटरसाइकलको पछाडी बसेर आएका आशिषले भिरेको झोला चेकजाँच गर्दा निषेधित गरिएका यी औषधीहरु फेला पा¥यौ,’ उनले भने, ‘औषधी हामीले बरामद ग¥यौ र उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागी औषधी व्यवस्था बिभाग काठमाण्डौ पठायौ ।’
त्यस्तै सनिसलाइ भने बन्दिपुर गाउँपालिकाको याम्पाबाट पक्राउ गरिएको बताइएको छ । सवारी साधन चेकजाँच गर्ने क्रममा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ग १ ख ४३०९ नम्वरको माईक्रो बसबाट ९ पत्ता ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ । ‘पार्सलको रुपमा ट्रामाडोल लेखिएको औषधी भेटियो, सनिस गुरुङले पाउने गरी पठाएकाले त्यो औषधी खरिद गर्ने सनिसलाई पक्राउ गरी आवश्यक कारवाहीका लागी औषधी व्यवस्था बिभाग काठमाण्डौ पठाएका हौ,’ सूचना अधिकारी खाँणले भने ।घटनाबारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए ।




