
स्वास्थ्यकर्मीको निधनमा गोरखा नगरपालिकाभरि सार्वजनिक विदा
माताहतका एकजना स्वास्थ्यकर्मीको निधन भएको भन्दै गोरखा नगरपालिकाले सोमबार सार्वजनिक विदा गरेको छ । वडा नं. १४ मा कार्यरत अहेब किशोरबाबु सेढाईँको निधन भएको भन्दै नगरपालिकाले सोमबार नगरपालिका माताहतका सबै कार्यालयहरुमा सार्वजनिक विदा गरेको हो ।
नगरपालिकाको आइतबारको निर्णयअनुसार सोमबार नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शिक्षण संस्था तथा स्वास्थ्य संस्थामा सार्वजनिक विदा गरिएको प्रकाशित सार्वजनिक सूचनामा जनाइएको छ । ‘नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिको मृत्यू हुँदा शोक त मनाउनु प¥यो नि’, नगरप्रमुख कृष्ण रानाले भने, ‘त्यसैले सार्वजनिक विदा गर्ने निर्णय गरिएको हो ।’





