
दुई बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ
दुई जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका ५७ बर्षीय सिताराम भन्ने दलबहादुर विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विश्वकर्माले ७ र ९ बर्षीया बालिकालाई फकाई फुलाई नजिकको झरौटे धारा वनमा लगी बलात्कारको प्रयास गरेको भनी पीडितका आफन्तले जायरी दिएपछि बिश्वकर्मालाई पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
बिश्वकर्मा बिरुद्ध जबरजस्ती करणी उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको श्रेष्ठले जानकारी दिए ।




