
तीन किलो गाँजासहित अमर नेपाली पक्राउ
इप्रका आँबुखैरेनीले तीन किलोग्राम अवैध गाँजासहित एक युवालाई पक्राउ गरेको छ ।
मुग्लिनतिरबाट आँबुखैरेनीतर्फ आउँदै गरेको यात्रुबाहक बसमा चेकजाँच गर्दा निलकण्ठ ४ धादिङका १९ बर्षका अमर नेपाली गाँजासहित भेटिएका इप्रका आँबुखैरेनीले जनाएको छ ।
उनलाई तनहूँ जिल्ला अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।




