| सोमवार, कार्तिक २३, २०८३

बहुविवाहको आरोपमा दुई जना पक्राउ

बहुबिवाह गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शहीद लखन गाउँपालिका–३ बनौती माझगाँउका ४६ बर्षका कृष्णप्रसाद लामिछाने र ३८ बर्षीया सुस्मिता लुईटेललाई गत शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लामिछानेले लुईटेललाई दोस्रो श्रीमतीको रुपमा विवाह गरी ल्याएको भन्ने थाहा भएपछि सोही स्थानका बिष्णु लामिछानेले उनीहरु बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । यही फागुन १ गते हामीले दुवै जना बिरुद्ध बहुविवाह कसूर शीर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालतको अनुमतिमा पक्राउ पुर्जी पनि जारी ग¥यौ,’ डिएसपी रमेशकुमार श्रेष्ठले भने, ‘खोजतलासको क्रममा उनीहरुलाई शुक्रवार पक्राउ गर्न सफल भयौ ।’ उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्