| सोमवार, कार्तिक २३, २०८३

बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षीय पुरुष पक्राउ

१४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ५५ बर्षका पुरुष पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका वडा नम्वर ६ ज्यामीरस्वाँराका ५५ बर्षीय मिनबहादुर थापालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शुक्रवार बिहान बालिकालाई फकाई फुल्याई घरमा लगी थापाले जवरजस्ती करणी गरेको भनी पीडितका आफन्तले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।

सोमवार थापा बिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भएको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्