
गोरखामा बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ
श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेको आरोपमा गोरखा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । भिमसेन थापा गाँउपालिका वडा नं.२ ताराखसे सुनार गाउँ बस्ने बर्ष ३५ को राजु सुनारले सोही ठाँउकी २९ वर्षिया अमृता परियारलाई दोश्रो श्रीमतीको रुपमा विवाह गरेको जाहेरीका आधारमा उनीहरु दुवैलाई पक्राउ गरिएको हो ।
सुनारले गत मंसिर २२ गते परियारसँग विवाह गरेका थिए । सुनारकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि उनीहरुलाई शनिबार पक्राउ गरिएको सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिए ।
उनीहरुहरु विरुद्ध बहुबिवाह कसूर शीर्षकमा आइतबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएको उनले बताए । उक्त घटनाबारे थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।




