| आइतवार, कार्तिक २२, २०८३

पक्राउ

बोक्सी मुद्धाका अभियुक्त प्रहरी नियन्त्रणमा

दरौँदी समाचारदाता ः  धार्चे ६ काशिगाउँको बोक्सी मुद्धा का अभियुक्त रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जाहेरीवाला मीनकुमारी गुरुङको जाहेरीको आधारमा प्रहरीले उनीमाथि मुद्धा दर्ता गरी अनु सन्धानका लागि नियन्त्रणमा लिएको हो ।
गुरुङले आइतीमाया गुरुङ, मीनमाया घले र ठूली गुरुङले आफू र आफ्नी आमा काली गुरुङलाई बोक्सीको आरोप लगाएको र कुटपिट समेत गरेको भन्दै गत साउन २० गते जाहेरी दिएकी थिइन् । जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । अन्य अभियुक्त भने खोजीको क्रममा छन् ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपाल र आरुघाट प्रहरी चौकीका इन्चार्ज इन्स्पेक्टर सुरज कार्कीको नेतृत्वमा खटिइ गएको प्रहरीको टोलीले काशिगाउँस्थित उनकै घरमा लुकीछिपी रहेको अबस्थामा रोशनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
रोशन गुरुङले स्थानीय भीम गुरुङको शवभित्र सर्प भ्यागुता, छेपारो रहेको हुनसक्ने भन्दै दाहसंस्कार गर्न चिहानडाँडा पु¥याएको शव गत शनिबार घरेलु हतियार प्रयोग गरी चिरेका थिए । साथै आफूहरुमाथि भीम गुरुङलाई बोक्सी लगाई मारेको आरोप लगाएको भन्दै पीडित परिबार प्रहरीको सम्पर्कमा पुगेपछि गाउँले काली गुरुङ, मीनकुमारी गुरुङ लगायतमाथि हातपात गरेका थिए । घटना बारे बुझ्न गएको प्रहरी टोलीमाथि पनि गाउँलेले हातपात गरेका थिए । गाउँको अबस्था सहज बनाउन भन्दै केही दिनअघि वडा अध्यक्ष धनकुमार गुरुङ काशिगाउँ पुगेका थिए । उनी शनिबार सदरमुकामका लागि झरेका छन् भने रोशन गुरुङ सदरमुकामका लागि शुक्रबार निस्केका वडा अध्यक्ष घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्