
सवारी ज्यान मुद्दाका फरार सिर्मल पाँचबर्षपछि पक्राउ
सवारी ज्यान मुद्दाका फरार एक युवा पाँचबर्षपछि प्रहरीको फन्दामा परेका छन् । गोरखा नगरपालिका ९ निवासी २७ बर्षका रामकृष्ण सिर्मललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका १० बाहकिलोबाट सिर्मलाई आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले जानकारी दिए
२०७५ असार २ गते साँझ ६ बजे सिर्मलले चलाएको ग १ त ५१९२ नंबरको ट्याक्टर गोरखा नगरपालिका वडा नम्बर ९ कट्टेलडाँडा आसपास दुर्घटना हुँदा सुर्खेत भेरीगंगा गाउँपालिका ६ का १९ बर्षका सुशील मगरको मृत्यु भएको थियो ।
घटनालगत्तै सिर्मल फरार थिए । सिर्मललाई गोरखा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि गोरखा कारागारका चलान गरिएको छ ।




